पोखरा
नेकपा एमालेको गण्डकी प्रदेश कार्यालय भवन बनाउने अभियान सुरु भएको छ । पोखरामा प्रदेश कार्यालय भवन बनाउने गरी एमालेल आर्थिक संकलन अभियान सञ्चालन गर्दैछ ।
विहीबार बसेको भवन निर्माण कमिटीको बैठकले गण्डकी प्रदेशका प्रत्येक पार्टी सदस्यबाट पाँच सय उठाउने निर्णय गरेको हो । बैठकमा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले पार्टीको अत्याधुनिक कार्यालय भवन बनाउने योजना सुनाउदै २५ करोड संकलन गर्ने योजना रहेको बताए ।
एमालेका सचिव समेत रहेका इन्चार्ज विष्टलेले प्रत्येक पार्टी सदस्यबाट अनिवार्य ५ सय रुपैया उठाइने बताउदै थप रकमका लागि सक्ने र सहयोगी महानुभाबहरूले मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गरे ।
सो कार्यालय भवनमा अत्याधुनिक हुनका साथै पार्टीका सबै गतिविधि गर्न प्रयाप्त हुने गरी डिजाइन गरिने योजना पनि बिष्टले सुनाए । भवनमा सभा हल, पार्टी र जनसंगठनका कार्यालय रहने जानकारी दिए ।
बैठकमा भवन निर्माणमा गण्डकीका नेताहरु उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ र गण्डकी प्रदेश सभाका एमाले संसदीय दलका नेता खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्न आव्हान गरे । भवन निर्माणका लागि पहल लिनु भएकोमा ईन्चार्ज गोकर्ण विष्टलाई धन्यवाद दिदै बैठकमा सबै जिल्लाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकबाट जिल्लागत जिम्मेवारी तोकिने निर्णय गरेको प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
प्रकाशित मिति २०८० भदौ ९ गते शनिबार १२:१२




