२०८३ असोज २४ गते शनिबार

संघीय संसदको संसदीय समिति सभापति चयन हुँदै

संघीय संसदको संसदीय समिति सभापति चयन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १० गते आइतबार ०८:२२

सभामुख मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेलाई निर्धारण गरिएको छ ।

काठमाडौं

‘मिनी संसद’ को रुपमा लिइने संसदीय समितिको सभापति चयन प्रक्रिया आजदेखि सुरु हुँदैंछ । निर्वाचन भएको नौ महिनापछि संघीय संसदको संसदीय समितिको सभापति चयन प्रक्रिया आजदेखि अघि बढेको हो ।

सभामुख मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेलाई निर्धारण गरिएको छ । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सकिने निर्वाचन तालिकामा उल्लेख गरिएको छ । समिति सभापति चयन नहुँदा ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

यसैबीच नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ । प्रमुख दलहरुबीच भएको सहमति अनुसार प्रमुख प्रतिपक्षी एमालेले ३ वटा समितिको नेतृत्व पाएको छ । पोखरेल मोरङ २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

महिला बालबालिका तथा सामाजिक मामिला समितिको सभापतिमा एमालेले किरण साहलाई उम्मेदवार बनाउने भएको छ । रौतहट २ बाट स्वतन्त्र जितेका उनी एमाले प्रवेश गरेका थिए । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको टुंगो भने नलागेको एमालेले बताएको छ ।

 

प्रकाशित मिति २०८० भदौ १० गते आइतबार ०८:२२
हजुरको प्रतिक्रिया