२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैनः परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैनः परराष्ट्रमन्त्री साउद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २१ गते बिहीबार ०२:२२

ठूलो लिष्ट बोकेर जाने भन्दापनि डेलिभरीयोग्य परियोजना र मुद्दाहरुलाई अगाडी बढाउने उनको भनाइ छ ।

पोखरा

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको एजेण्डा तय भइनसकेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणको एजेण्डाको अन्तिम टुंगो लाग्न बाँकी रहेको बताए ।

उनले भ्रमणको एजेण्डाको सम्बन्धमा द्विपक्षबीच छलफल चलिरहेको समेत बताए । भ्रमणका क्रममा ठूलो लिष्ट बोकेर जाने भन्दापनि डेलिभरीयोग्य परियोजना र मुद्दाहरुलाई अगाडी बढाउने उनको भनाइ छ ।

उनले चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेण्डा बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘चीन भ्रमणलाई सफल बनाउनका लागि सरकारको सम्पूर्ण मेसिनरी क्रियाशील रहेको कुरा म जानकारी दिन चाहन्छु । हामीले ठूलो लिस्ट भन्दापनि जो डेलिभरीयोग्य छन् त्यो परियोजनाहरु, ति मुद्दाहरुलाई अगाडी बढ्ने गरेर प्रश्ताव गर्ने विचार गरिराखेका छौँ’, मन्त्री साउद भन्छन्, ‘चीन र नेपाल परम्परादेखि नै धेरै घनिष्ठ मुलुकका रुपमा रहि आएका छन् । चीन उदाउँदो आर्थिक शक्तिको रुपमा रही आएको छ । हालका दिनमा चिनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग अनुदान गर्दै आएको छ । यसरी अनुदान गरेका पनि कतिपय रकमहरु हामीले विनियोजन गर्न सकेका थिएनौँ त्यसमा प्राथमिकताहरु निर्धारण गरेर । त्यसमा सम्बन्धित अर्थ मन्त्रालयपनि सम्बन्धित अन्य निकायहरुपनि, परराष्ट्र मन्त्रालय पनि यसको विनियोजन हुन सकोस भनेर गम्भिर गृहकार्यमा लागेको कुरा जानकारी गराउन चाहन्छु ।’

भ्रमणको एजेण्डाको सम्बन्धमा उपयुक्त समयमा जानकारी गराउने समेत बताए ।

प्रकाशित मिति २०८० भदौ २१ गते बिहीबार ०२:२२

हजुरको प्रतिक्रिया