२०८३ असोज २४ गते शनिबार

मधेश प्रदेशकी सांसद विन्दुकुमार यादवको मृत्यु

मधेश प्रदेशकी सांसद विन्दुकुमार यादवको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २६ गते मंगलबार १०:२९

उनी २ वर्षअघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।

पोखरा

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवं मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ ।

४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको हो ।

उनी २ वर्षअघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।

१० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।

आज बिहान साढे ८ बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जानकारी दिएको छ ।

यादव समानुपातिक सांसद थिइन् ।

प्रकाशित मिति २०८० भदौ २६ गते मंगलबार १०:२९
हजुरको प्रतिक्रिया