२०८३ असोज २४ गते शनिबार

लामाचौर भलिबलः एभरेष्ट एपीएफसँग पनि स्तब्ध

लामाचौर भलिबलः एभरेष्ट एपीएफसँग पनि स्तब्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३१ गते आइतबार ०९:२२

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ३–० को सोझो सेटमा पराजीत गरेको हो ।

पोखरा

पोखरामा जारी लामाचौर भलिबल कपमा एभरेष्ट भलिबल क्लबले तेस्रो हार व्यहोरेको छ ।

आइतबार विहान भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजीत गरेको हो ।

पहिलो सेटमा एपीएफले २५–१६ को जीत निकाल्यो । दोस्रो सेटमा एभरेष्ट झन् कमजोर प्रदर्शन हुँदा एपीएफले २५–१४ को जीत दर्ता गरायो ।

तेस्रो सेटमा २५–१७ को जीत निकाल्दै एपीएफले पहिलो जीत दर्ता गराएको हो । शनिबार न्यु डायमण्डसँग एपीएफ ३–२ को सेटमा पराजीत भएको थियो ।

एभरेष्ट भलिबल क्लब पहिलो खेलमा न्यु डायमण्ड र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको हो ।

महिलातर्फको न्यु डायमण्ड र नेपाल पुलिस क्बलबीच प्रतिस्पर्धा भइरहेको छ ।

आइतबार नै विभागीय टोली पुलिस र एपीएफको भिडन्त हुनेछ ।

१० औं संस्करणको राष्ट्रियस्तरको महिला भलिबलमा पुलिस, एपीएफ, न्यु डायमण्ड र एभरेष्ट प्रतिस्पर्धामा छन् ।

नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०८० भदौ ३१ गते आइतबार ०९:२२
हजुरको प्रतिक्रिया