२०८३ कात्तिक १२ गते बुधबार

काेभिडका कारण देशभर थप २८ जनाकाे ज्यान गयाे

काेभिडका कारण देशभर थप २८ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १० गते बुधबार ०५:०१

पाेखरा । पछिल्लो २४ घण्टामा काेराेना भाइरसकाे संक्रमणका कारण देशभर थप २८ जनाले ज्यान गुमाएका छन् । याे संगै देशभर काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ३८९ पुगेको छ । यस्तै, गत २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण...

१ हजार ९४८ संक्रमित थपिए, कुल संक्रमितकाे संख्या २ लाख २६ हजार २६ पुग्याे

पाेखरा । पछिल्लो २४ घण्टामा काेराेना भाइरसकाे संक्रमणका कारण देशभर थप २८ जनाले ज्यान गुमाएका छन् । याे संगै देशभर काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ३८९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार याे २४ घण्टामा ३ हजार १४० जना संक्रमणमुक्त रहेका छन् ।

यससँगै नेपालमा कोरोना निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर संख्या १६ लाख ९० हजार ५०९ पुगेको छ ।

प्रकाशित मिति २०७७ मंसिर १० गते बुधबार ०५:०१
हजुरको प्रतिक्रिया