२०८३ साउन २१ गते बिहीबार

आज विश्व मुटु दिवसः २६ लाख नेपालीमा कुनै न कुनै मुटु रोगको समस्या

आज विश्व मुटु दिवसः २६ लाख नेपालीमा कुनै न कुनै मुटु रोगको समस्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार १०:३७

सरकारी तथ्यांक अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ

पाेखरार आज विश्व मुटु दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य स‌गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ । सरकारी तथ्यांक अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ ।

आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञहरुको भनाइ छ । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ ।

यस्तै, सकभर मासु कम खाने, सागपात धेरै खाने र दैनिक शारीरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने मुटु रोग विशेषज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार १०:३७
हजुरको प्रतिक्रिया