२०८३ साउन २१ गते बिहीबार

चर्चामा सत्य स्वरूपकाे ‘मैसाब’ ( भिडियाे सहित )

चर्चामा सत्य स्वरूपकाे ‘मैसाब’ ( भिडियाे सहित )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १३ गते शनिबार ०२:३५

पाेखरा । सुगम गायनका चर्चीत दाजुभाइ सत्यराज आचार्य र स्वरूपराज आचार्यले हालै मात्र सार्वजनिक गरेकाे 'मैसाब' बाेलकाे गजल यतिबेला चर्चामा छ ।  'मैसाबले घाइते दिलमा आरा चलाइस्याे । लाै न नि के अचम्मकाे पारा चलाइस्याे ।' याे गजललाइ अमृत...

पाेखरा । सुगम गायनका चर्चीत दाजुभाइ सत्यराज आचार्य र स्वरूपराज आचार्यले हालै मात्र सार्वजनिक गरेकाे ‘मैसाब’ बाेलकाे गजल यतिबेला चर्चामा छ ।  ‘मैसाबले घाइते दिलमा आरा चलाइस्याे । लाै न नि के अचम्मकाे पारा चलाइस्याे ।’ याे गजललाइ अमृत खतिवडासंगै सत्य स्वरूपले संयुक्त लेखेका हुन् ।

सत्य स्वरूपकै संगीतमा तयार गजल प्रेम र श्रृङ्गारकाे नजिक छ । उदयराज पाैडेलकाे संगित संयाेजन रहेकाे गजलमा चाेख्याल शेर्पाले मैसाबकाे भूमिका निर्वाह गरेकि छिन् । गजलकाे भिडियाेमा पल शाह मैसाबकाे वरिपरि जिस्किरहेका छन् ।

कैलाश राइले निर्माण गरेकाे म्युजिक भिडियाेलाइ दिपकराज सुनारले खिचेका हुन् । अर्जुन जिसीले कैची चलाएकाे भिडियाेकाे निर्देशन कविराज गहतराजले गरेका हुन् ।

प्रकाशित मिति २०७७ मंसिर १३ गते शनिबार ०२:३५
हजुरको प्रतिक्रिया