२०८३ असोज २४ गते शनिबार

बाबुको श्राद्ध गर्न गएका युवा सेतीमा बगेर बेपत्ता

बाबुको श्राद्ध गर्न गएका युवा सेतीमा बगेर बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २४ गते बुधबार ०५:५८

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार श्राद्ध गर्नुअघि नदीको बीच भागमा गएका कृष्ण बगेका हुन् ।

पाेखरा

बुबाको श्राद्ध गर्न गएका एक युवा पोखरा–१ गाइघाटस्थित सेती नदीमा बगेर बेपत्ता भएका छन् । बुबाको श्राद्ध गर्न सेती नदी किनारमा रहेको गाइघाट मन्दिरमा पुगेका स्याङ्जा ३ का कृष्ण सिग्देलबगेरबेपत्ता गएका हुन् ।

करिब ९ वर्षअघि बितेका बुबाको पुण्यतिथिमा उनी २३ वर्षीय कृष्ण श्राद्ध गर्न गाइघाट पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार श्राद्ध गर्नुअघि नदीको बीच भागमा गएका कृष्ण बगेका हुन् । उनी पोखरामा बसेर अध्ययनरत थिए ।

करिब साढे २ बजेतिर बुबाको श्राद्ध गर्न गएका युवा नदीमा बगेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको र खोजि कार्य जारी रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति २०८० असोज २४ गते बुधबार ०५:५८
हजुरको प्रतिक्रिया