२०८३ कात्तिक ११ गते मंगलबार

पाेखरा १४ की एक महिलासहित बुधबार गण्डकीमा थप २ जनाकाे ज्यान गयाे

पाेखरा १४ की एक महिलासहित बुधबार गण्डकीमा थप २ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर १७ गते बुधबार ०५:५७

पाेखरा । काेराेना भाइरसका कारण गण्डकी प्रदेशमा थप २ जनाकाे ज्यान गएकाे छ ।  यससंगै काेराेनाका कारण प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १६२ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । नवलपरासी जिल्ला कावासाेती नगरपालिका...

काेराेनाका कारण प्रदेशभर १६२ जनाले ज्यान गुमाए

पाेखरा । काेराेना भाइरसका कारण गण्डकी प्रदेशमा थप २ जनाकाे ज्यान गएकाे छ ।  यससंगै काेराेनाका कारण प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १६२ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

नवलपरासी जिल्ला कावासाेती नगरपालिका १४ का ७८ बर्षीय काेराेना संक्रमित पुरूषकाे मंगलबार राती मध्यविन्दु अस्पताल नवलपरासी पूर्वमा ज्यान गएकाे हाे । नीजमा गत १२ गते काेराेना पुष्टि भएकाे थियाे ।

यस्तै, पाेखरा महानगरपालिका १४ की ४८ बर्षीय संक्रमति महिलाकाे बुधबार दिउँसाे उपचारका क्रममा पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा ज्यान गएकाे निर्देशनालयले जनाएकाे छ । मृतकमा गत १३ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

 

प्रकाशित मिति २०७७ मंसिर १७ गते बुधबार ०५:५७
हजुरको प्रतिक्रिया