२०८३ असोज २४ गते शनिबार

तनहुँको कमलबारीमा बस दुर्घटना, ३४ यात्रु घाइते

तनहुँको कमलबारीमा बस दुर्घटना, ३४ यात्रु घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १८ गते शनिबार १०:२८

उदयपुरको कटारीबाट पोखरातर्फ आउदै गरेको ना ५ ख १७५२ नम्बरको बस अनियन्त्रित भइ सडकमै पल्टिएको हो ।

पोखरा

तनहुँको कमलबारीमा बस दुर्घटना हुँदा ३४ यात्रु घाइते भएका छन् । शनिबार विहान ५ बजे पृथ्वी राजमार्ग अन्र्तत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा यात्रुवहाक बस दुर्घटना भएको हो ।

उदयपुरको कटारीबाट पोखरातर्फ आउदै गरेको ना ५ ख १७५२ नम्बरको बस अनियन्त्रित भइ सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

बस चालकसहित ३४ यात्रु घाइते भएका हुन् । घाइतेको दमौली अस्पताल दमौली, लक्ष्मी अस्पताल डुम्रे, रत्नहरी मेमेरियल हस्पिटल दमौलीमा उपचार भइरहेको छ ।

केही यात्रु प्राथमिक उपचारपश्चात डिस्चार्ज भएका छन् । गम्भिर चोट लागेका घाइतेलाई पोखरा र चितवनको विभिन्न अस्पताल रिफर गरेको डिएसपी खाँणले जानकारी दिए ।

प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार १०:२८
हजुरको प्रतिक्रिया