२०८३ साउन २१ गते बिहीबार

निर्वाचनको एक वर्ष पुगेको अवसरमा रास्वपा घरदैलोमा

निर्वाचनको एक वर्ष पुगेको अवसरमा रास्वपा घरदैलोमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर २ गते शनिबार ०९:२८

घरदैलोका क्रममा जनताका सुझाव र गुनासा सुन्ने

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदले घरदैलो कार्यक्रम गर्ने भएको छ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने उनले बताए ।

प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गर्ने सहमहामन्त्री बुर्लाकोटीले बताए ।

प्रकाशित मिति २०८० मंसिर २ गते शनिबार ०९:२८
हजुरको प्रतिक्रिया