२०८३ कात्तिक ११ गते मंगलबार

गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रशिक्षण

गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रशिक्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ३० गते शनिबार १०:२४

मानसिक स्वास्थ्य र अपांगता भएका व्यक्तिलाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भनेर प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको हो ।

पोखरा

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रशिक्षक तयार पारिएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल र स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रशिक्षण सञ्चालन गरेर प्रशिक्षक तयार पारेको हो ।

पोखरामा ५ दिनसम्म चलेको प्रशिक्षण शुक्रबार सकिएको छ । सो अवसरमा स्वास्थ्य सेवा विभागकी निर्देशक डा.संगीता कौशल मिश्रले गुणस्तीय सेवा नीतिमा उल्लेख भएपनि कार्यन्वयनमा आउन नसकेको बताइन् ।

‘अधिकारका कुरा डकुमेन्टमा मजाले बोलेको छ । जुन हामीले महशुस पनि गरेका छौं । हाम्रा प्रतिबद्धताहरु धेरै छन् । जब हामी कार्यन्वयनको कुरामा आउँछौं हामीले कत्तिको आत्मसाथ गरेका छौं केही पाउदैनौं’, उनले भनिन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले तालिमबाट सिकेर अपांगता भएका व्यक्ति र मानसिक स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्नतर्फ भूमिका खेल्न आग्रह गरे ।

मानसिक स्वास्थ्य र अपांगता भएका व्यक्तिलाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भनेर प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको हो ।

स्वास्थ्य, मानवअधिकार र अपांगता भएका व्यक्तिको अधिकारका लागि काम गर्ने संघसंस्थाबाट ३० जना सहभागि थिए । तालिममा सहभागिले अब समुदाय, स्वास्थ्य संस्थाबाट गुणस्तरी सेवा प्रदान गर्न भूमिका खेल्नेछन् ।

प्रकाशित मिति २०८० मंसिर ३० गते शनिबार १०:२४

हजुरको प्रतिक्रिया