२०८३ असोज २४ गते शनिबार

तनहुँमा ट्रिपरलाई ओभरट्याक गर्दा बस दुर्घटना, १८ यात्रु घाइते

तनहुँमा ट्रिपरलाई ओभरट्याक गर्दा बस दुर्घटना, १८ यात्रु घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १ गते आइतबार ११:४४

८ जनाको थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ ।

पोखरा

पृथ्वी राजमार्गमा ट्रिपरलाई ओभरट्याक गर्न खोज्दा यात्रुवहाक बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । बसमा करिब ४० यात्रु सवार थिए ।

आइतबार विहान साढे ८ बजे तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा बस दुर्घटना भएको हो ।

मुग्लिङबाट पोखरातर्फ जादै गरेको ग २ ख १४५९ नम्बरको बसले ट्रिपरलाई ओभरट्याक गर्ने क्रममा दाहिने टायर सडकबाट खसेर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनकुमार खाँणले बताए ।

घाइते मध्य ४ जना दमौली अस्पतालमा उपचार भइरहेको छ । ६ जनाको रत्नहरि मेमोरियल अस्पताल दमौलीमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए ।

८ जनाको थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । अलि बढी चोट लागेकालाई सिटीस्क्यान गर्नुपर्ने भएपछि पोखरा रिफर गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० पुस १ गते आइतबार ११:४४
हजुरको प्रतिक्रिया