२०८३ साउन २१ गते बिहीबार

‘शेरबहादुरलाई मान्ने धेरै मान्छे छन्, बालुवाको थूप्रो डल्लो पर्दैन !’

‘शेरबहादुरलाई मान्ने धेरै मान्छे छन्, बालुवाको थूप्रो डल्लो पर्दैन !’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १ गते आइतबार ०७:३२

उनले भने, ‘अहिले कांग्रेसमा पनि हाम्रो शेरबहादुर दाइ पार्टी सभापति हुनुहुन्छ । उहाँको वरपर उहाँलाई मान्ने मान्छेहरुको संख्या पनि धेरै देखिन्छ । तर, त्यो भित्र बालुवाको थुप्रो डल्लो पर्दैन !’

पोखरा

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले शेरबहादुर देउवाको वरपरका मान्छेलाई बालुवाको थुप्रोको संज्ञा दिएका छन् । उनले गलत तत्वको वृद्धि भएकाले सबै पार्टीका अगाडि बालुवाको थुप्रो थुप्रिएको बताए ।

‘हेर्दाखेरी ठूलो थुप्रो देखिन्छ । एमालेको सामु पनि ओलीलाई मान्ने ठूलो संख्या छ । बालुवाको थुप्रो हो त्यहाँ । त्यो गतिलो मुट्टि पर्दैन’, उनले भने, ‘अहिले कांग्रेसमा पनि हाम्रो शेरबहादुर दाइ पार्टी सभापति हुनुहुन्छ । उहाँको वरपर उहाँलाई मान्ने मान्छेहरुको संख्या पनि धेरै देखिन्छ । तर, त्यो भित्र बालुवाको थुप्रो डल्लो पर्दैन !’

इमान्दार, नैतिक मान्छेहरुको संख्या थोरै देखिएपनि प्रभाव राख्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटिको प्रथम सम्मेलनबारे जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सभापति शर्माले सम्मेलनले पार्टीलाई विधान अनुसार चल्न सुझाव दिने बताए ।

कांग्रेसका युवालाई विकल्प खोज्न अन्त जान पर्दैन पार्टीमै विकल्प हुन्छ भनेर अधिवेशनबाट सन्देश दिने उनले उल्लेख गरे ।

यसैबिच नेपाली कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलनको तयारी पूरा भएको छ । मंगलबार र बुधबार पोखराको सभागृहमा कांग्रेसको प्रदेश सम्मेलन हुँदैछ ।

सम्मेलनमा प्रदेशका ५ सय प्रतिनिधिको सहभागिता हुनेछ । प्रदेश सम्मेलनको उद्घाटनमा सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति २०८० पुस १ गते आइतबार ०७:३२
हजुरको प्रतिक्रिया