२०८३ कात्तिक ११ गते मंगलबार

हिमाललाई सामुन्ने राखेर काहुँडाँडामा योगा

हिमाललाई सामुन्ने राखेर काहुँडाँडामा योगा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १ गते आइतबार ०७:४२

सोमबारदेखि पोखराको काहूँडाँडामा ३ दिने योगा फेस्टिभल हुन लागेको हो ।

पोखरा

पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय योगा फेस्टिभल हुने भएको छ । सोमबारदेखि पोखराको काहूँडाँडामा ३ दिने योगा फेस्टिभल हुन लागेको हो ।

योग कनेक्सनको आयोजनामा हुने फेस्टिभलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम, मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शो हुनेछ ।

माछापुच्छ्रे, धौलागिरीसहित अन्नपूर्ण हिमश्रृंखलाको पृष्ठभूमिमा राखेर ३ दर्जन देशी विदेशी योगप्रेमीले फेस्टिभलमा सहभागिता जनाउनेछन् ।

प्रकाशित मिति २०८० पुस १ गते आइतबार ०७:४२
हजुरको प्रतिक्रिया