२०८३ असोज २४ गते शनिबार

२३औं संस्करणको आहा रारा पोखरा गोल्डकप माघ ९ देखि २० सम्म

२३औं संस्करणको आहा रारा पोखरा गोल्डकप माघ ९ देखि २० सम्म

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १३ गते शुक्रबार ०९:३२

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ उक्त प्रतियोगिताको तयारी यसअघि नै सुरु गरिएको क्लवका महासचिव रामजी अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पोखरा ।

मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण आगामी माघ ९ देखि हुने भएको छ ।

आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता माघ ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको लागि सहारा क्लवलाई उक्त मितिमा स्विकृती समेत प्रदान गरेको छ ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ उक्त प्रतियोगिताको तयारी यसअघि नै सुरु गरिएको क्लवका महासचिव रामजी अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसअघि २२औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका रहेको थियो ।

२०५५ सालमा स्थापित सहारा क्लबले २३ वर्षदेखि निरन्तर रुपमा आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति २०८० पुस १३ गते शुक्रबार ०९:३२
हजुरको प्रतिक्रिया