२०८३ कात्तिक ११ गते मंगलबार

पछिल्लाे २४ घण्टामा देशभर थप १४ जनाकाे ज्यान गयाे

पछिल्लाे २४ घण्टामा देशभर थप १४ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २४ गते बुधबार ०६:४२

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप १४ जनाको मृत्यु भएको छ । याे संगै काेराेनाका कारण देशभर ज्यान गुमाउनेकाे संख्या १ हजार ६५१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै, गत...

१ हजार ५६ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १२ हजार २४५ पुग्याे

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप १४ जनाको मृत्यु भएको छ । याे संगै काेराेनाका कारण देशभर ज्यान गुमाउनेकाे संख्या १ हजार ६५१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै, गत २४ घण्टामा ६ हजार २८६ जनाको कोरोना परीक्षण भएकाे छ । जसबाट १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले उल्लेख गरेकाे छ । यस्तै सो अवधिमा १ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् ।

यस्तै हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय संक्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् । यस्तै ०.८६ प्रतिशतको मृत्यु भएको छ ।

प्रकाशित मिति २०७७ मंसिर २४ गते बुधबार ०६:४२
हजुरको प्रतिक्रिया