२०८३ असोज २४ गते शनिबार

ढुंगेसाघुको मेलामा दर्शनार्थीकाे घुइँचो

ढुंगेसाघुको मेलामा दर्शनार्थीकाे घुइँचो

सजिना मगर

@Public 4K Tv

२०८० माघ १ गते सोमबार ०५:१६

पोखरा ढुंगेसाघुको सदाशिव शिदेश्वर हरिहर मन्दिर परिसरमा माघे संक्रान्तिको मेला अवलोकन गर्ने दर्शनार्थीको घुइचो लागेको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको यस ढुंगेसाघुमा माघे संक्रान्तिको...

पोखरा ढुंगेसाघुको सदाशिव शिदेश्वर हरिहर मन्दिर परिसरमा माघे संक्रान्तिको मेला अवलोकन गर्ने दर्शनार्थीको घुइचो लागेको छ ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको यस ढुंगेसाघुमा माघे संक्रान्तिको अवसरमा लाग्ने १ दिने मेला अवलोकन गर्न र सिताघाटमा स्नान गर्न ढर्शनार्थीको बिहानै देखि घुइचो लागेको हो ।

नेपाली समाजमा संक्रान्तिमा नदीमा स्नान गरेमा मोक्ष प्राप्तहुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडी, कालिगण्डकी, सेती नदी लगायत विभिन्न नदीमा जमघट भएको छ ।
पोखराको प्रशिद्ध धार्मिक स्थल ढुंगेसाघुमा माघे संक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्दछ ।
सिताघाटमा माघे संक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि ढुंगेसाघुको मेलामा आउने भक्तजनको भनाइ रहेको छ ।
मेलामा राडी पाखी, वाँस तथा चोयाबाट निर्मित सामग्रिहरु, कम्मल र कुटो कोदालो डोको नाम्लो लगाएत घरेलु औजारको बिक्रि वितरण गरिएको थियो ।
व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु तनहुँ, बाग्लुङ लगायतका ठाउँबाट ढुङ्गेसाघुको मेलामा आउने गर्दछन् । मेलामा विविध साँस्कृतिक कार्यक्रमका साथै कराते, दौड लगायतको खेल मनोरन्जनसमेत गरिएको थियो ।

प्रकाशित मिति २०८० माघ १ गते सोमबार ०५:१६
हजुरको प्रतिक्रिया