२०८३ साउन २१ गते बिहीबार

समाचार

उच्चको आदेशः बलिदानी सहकारीका अध्यक्षसहित २ जनालाई थुनामै राख्नू

उच्चको आदेशः बलिदानी सहकारीका अध्यक्षसहित २ जनालाई थुनामै राख्नू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ४ गते बिहीबार ०७:०२

१५ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेकाेमा ९ जना अझै फरार छन्

१ हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोप

पोखरा
पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च अदालत पोखराले पनि आदेश गरेको छ ।

सहकारीको बचत रकम हिनामिना पारेको आरोपमा कात्तिक २५ गते अध्यक्ष श्रेष्ठ र सदस्य थापा पक्राउ परेका थिए ।

जिल्ला अदालत कास्कीले अध्यक्ष श्रेष्ठ र थापालाई मंसिर ३ गते पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशमा चित्त नबुझेर श्रेष्ठ र थापाले बाहिरै बसेर मुद्धा लड्न पाउँ भन्दै उच्च अदालत पुगेका थिए ।

न्यायाधीश राजप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले बलिदानी सहकारीका अध्यक्ष श्रेष्ठ र लेखा समिति थापालाई थुनामा राख्ने जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

बलिदानी सहकारीबाट १ हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोपमा १५ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

जसमध्ये अध्यक्ष श्रेष्ठ, लेखा समिति सदस्य थापासँगै उपाध्यक्ष राजन लम्साल पनि पुर्पक्षका लागि थुनामा छन् भने ३ जना धरौटीमा रिहा भएका छन् भने ९ जना अझै फरार छन् ।

प्रकाशित मिति २०८० माघ ४ गते बिहीबार ०७:०२
हजुरको प्रतिक्रिया