पोखरा
पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।
योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो ।
शनिबार भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो पटक उपाधि चुमेको हो ।
उपाधिसँगै ५ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ । फाइनलमा सबै सेटमा एपीएफ न्यु डायमन्डमाथि हाबी देखिएको थियो ।
एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेटमा २५–१८ र तेस्रो सेट २५–२१ ले आफ्नो पोल्टामा पार्न सफल रह्यो ।
यसअघि एपीएफले दोस्रो र तेस्रो टाइगर कपको उपाधि जितेको थियो ।
उपविजेता बनेको चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।