२०८३ असोज २४ गते शनिबार

अझै ३ हजार सहिद थपिने प्रधानमन्त्रीको घोषणा

अझै ३ हजार सहिद थपिने प्रधानमन्त्रीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १३ गते शनिबार ०६:०७

गृह मन्त्रालयबाट प्रमाणित भइसकेको र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको दाहालले बताए

कोही सहिद घोषणा गर्न छुटेको भए तत्काल सम्बोधन गर्ने

पाेखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप ३ हजार जनालाई सहिद घोषणा गरेको र उनीहरुको नाम छिटै राजपत्रमा प्रकाशित गरिने बताएका छन् ।

शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएका तर सहिद घोषणा गर्न बाँकी रहेका करिव ३ हजार जनालाई पनि मन्त्रिपरिषदले सहिद  घोषणा गरेको र राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया अघि बढेको बताएका हुन् ।

गृह मन्त्रालयबाट प्रमाणित भइसकेको र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको दाहालले बताए । माओवादी जनयुद्धका क्रममा ज्यान गुमाउनेहरु अरु कोही सहिद घोषणा गर्न छुटेको भए तत्काल सम्बोधन गर्ने पनि उनले आश्वासन दिए ।

प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताएका छन् ।

प्रकाशित मिति २०८० माघ १३ गते शनिबार ०६:०७
हजुरको प्रतिक्रिया