उद्योग वाणिज्य संघको अध्यक्षमा महादेव श्रेष्ठ निर्वाचित
स्याङ्जा उद्योग वाणिज्य संघको अध्यक्षमा महादेव श्रेष्ठ निर्वाचित भएका छन् ।
संघको ३८ औँ साधारण सभा तथा अधिवेशनमा श्रेष्ठले निकटतम प्रतिस्पर्धी हिक्मत कुमार श्रेष्ठलाई आठ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचनमा ५ सय ८६ सदस्य रहेको वाणिज्य सङ्घको निर्वाचनमा ४ सय ७५ मत खसेकोमा श्रेष्ठले १ सय ४९ मत पाएका थिए । अध्यक्षको निर्वाचनमा चार जना प्रतिस्पर्धी थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा भीमकुमार श्रेष्ठले प्रतिस्पर्धी अर्जुन थापालाई २० मतले पराजित गरेका हुन् । थापाले २१९ मत हात पारेका थिए । अधिवेशनमा उपााध्यक्षमा गङ्गा प्रधान (महिला उद्यमीतर्फ), शाखाँलित मियाँ (वाणिज्य तर्फ) र दीपककुमार श्रेष्ठ (उद्योग तर्फ) निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा रविन्द्र केसीले आशिष लम्साललाई ३५ मतले पराजित गरेका हुन् । लम्सालले १ सय ९९ मत ल्याएका थिए । सचिवमा रामप्रसाद लम्सालले प्रकाश डोटेललाई ८७ मतले पराजित गर्दा कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठले लक्ष्मण प्रधानलाई १३ मतले पराजित गरेका हुन् ।
समितिको सदस्यमा हिटलर पौडेल, अमृत लामिछाने, मीनाकुमारी सुवेदी, सुदर्शन रेग्मी, छायाँदत्त सापकोटा, सूर्यप्रसाद शर्मा लामिछाने, कौशिला पौडेल क्षेत्री र राजेन्द्र श्रेष्ठ निर्वाचित भएका निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।
प्रकाशित मिति २०८० माघ १७ गते बुधबार ०२:५०




