२०८३ साउन २१ गते बिहीबार

रिलायन्स फाईनान्सका कर्मचारी तथा ग्राहकलाई लेखनाथ सिटी हस्पिटलमा विशेष छुट

रिलायन्स फाईनान्सका कर्मचारी तथा ग्राहकलाई लेखनाथ सिटी हस्पिटलमा विशेष छुट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २३ गते मंगलबार १२:१९

रिलायन्स फाइनान्स र लेखनाथ सिटी हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका विभिन्न सेवाहरुमा आफ्ना ग्राहकतथा बिरामीहरुलाई थप स्तरिय सुबिधाप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

यो छुट योजना रिलायन्स फाईनान्स देशैभरिका ग्राहक तथा कर्मचारीहरुले उपयोग गर्न सक्ने

पोखरा,
रिलायन्स फाइनान्स र लेखनाथ सिटी हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका विभिन्न सेवाहरुमा आफ्ना ग्राहकतथा बिरामीहरुलाई थप स्तरिय सुबिधाप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता पश्चात फाइनान्सका विशेषगरि साबिक लेखनाथ, रुपागाउँपालिका, मादिगाउँपालिका, लम्जुङ, तनहुँ तथा गोर्खा जिल्लाका ग्राहकहरुले उच्चतम लाभलिन सक्नेछन् ।

यद्यपि यो छुट योजना रिलायन्स फाईनान्स देशैभरिका ग्राहक तथा कर्मचारीहरुले उपयोग गर्न सक्नेछन् ।

रिलायन्स फाइनान्स लिमिटेडका शेयर धनी , कर्मचारी रकर्मचारीका परिवार तथा ग्राहकका लागि हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवा जस्तै अपरेसन,पोस्टअप, आईसियु,ल्याब, औषधी, रेडियोलोजि, डेन्टल तथा जनरल वार्ड लगायतका विभिन्न सेवाहरुमा विशेष प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हस्पिटलका प्रबन्धक बादल बस्नेतले बताए ।

त्यस्तै हस्पिटलका शेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरूले रिलायन्सले प्रदान गरेको वित्तीय सेवाहरू सर्वसुलभ दरमाप्राप्त गर्नेछन् ।

आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवाप्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा साबिक लेखनाथको पहिलो तथाहाल पोखरा २६, बुढिबजार स्थित लेखनाथ सिटी हस्पिटलसँग सम्झौता गरिएको पोखरा शाखा प्रबन्धक प्रकाश पौडेलले बताए ।

सम्झौता पत्रमा रिलायन्स फाइनान्स लिमिटेडको तर्फबाट पोखरा शाखा प्रबन्धक प्रकाश पौडेल र लेखनाथ सिटी हस्पिटलका तर्फबाट अध्यक्ष उदिप राज ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति २०८० माघ २३ गते मंगलबार १२:१९
हजुरको प्रतिक्रिया