२०८३ असोज २३ गते शुक्रबार

पोखरामा रिफन्ड नाटक मञ्चन हुँदै

पोखरामा रिफन्ड नाटक मञ्चन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १० गते बिहीबार ०४:३१

पोखरा पोखरामा हंगेरियन नाटक ‘रिफन्ड’ मञ्चन हुने भएको छ । हंगेरियन लेखक फ्रिज क्यारेन्थीले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् । परिवर्तनको निर्देशनमा मञ्चन हुन लागेको नाटकको अहिले रिहलर्सल...

कक्षा ११ का विद्यार्थीलाई उपयुक्त

पोखरा

पोखरामा हंगेरियन नाटक ‘रिफन्ड’ मञ्चन हुने भएको छ ।

हंगेरियन लेखक फ्रिज क्यारेन्थीले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् ।

परिवर्तनको निर्देशनमा मञ्चन हुन लागेको नाटकको अहिले रिहलर्सल जारी छ ।

नाटक पोखरा थियटरको प्रस्तुतिमा फागुन १४ गतेबाट गैह्रापाटनमा रहेको गन्धर्व नाटक घरमा नाटक मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए ।

नाटक फागुन ३० गतेसम्म चल्नेछ ।

कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावक सहित नाटकपारखीका लागि उपयुक्त हुने परिवर्तनले जानकारी दिए ।

निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण हुने यो नाटकले सन्देश समेत बोकेको बताए ।

‘यो नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ’, उनले भने ।

नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुसन पौडेल, रोशनी रामदामले अभिनय गरेका छन् ।

बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे हेर्न पाइनेछ ।

नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि ३ सय र ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।

नाटक मञ्चनलाई व्यवस्थित बनाउन मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजन र इन्टरनेट पार्टनरको रुपमा वल्ड लिंकले सघाउनेछन् ।

नाटक हेर्न इच्छुक विद्यालय तथा समुहगत दर्शकको लागि शो बुकिङ समेत खुल्ला भइसकेको पोखरा थिएटरले जनाएको छ ।

प्रकाशित मिति २०८० फागुन १० गते बिहीबार ०४:३१
हजुरको प्रतिक्रिया