२०८३ कात्तिक ११ गते मंगलबार

पाेखरामा काेराेनाले थप एक जनाकाे ज्यान गयाे

पाेखरामा काेराेनाले थप एक जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २ गते बिहीबार ०२:१५

पाेखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप १ जनाको कोरोना संक्रमणबाट निधन भएको हो । पछिल्लो पटक कोरोनाबाट पोखरामा ज्यान गुमाउनेमा कास्की...

गण्डकी प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १ सय ८७ पुग्याे

पाेखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप १ जनाको कोरोना संक्रमणबाट निधन भएको हो ।

पछिल्लो पटक कोरोनाबाट पोखरामा ज्यान गुमाउनेमा कास्की अन्नपूर्ण गाउँपालिका ३ का ६८ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारका क्रममा आज बिहान ४ बजेर १५ मिनेटमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई मंसिर २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ज्यान गुमाउनेको कुल संख्या १ सय ८७ पुगेको छ ।

प्रकाशित मिति २०७७ पुस २ गते बिहीबार ०२:१५
हजुरको प्रतिक्रिया