२०८३ असोज २५ गते आइतबार

नेपाली महिला क्रिकेटकी पहिलो कप्तान नेरीले लिइन् सन्यास

नेपाली महिला क्रिकेटकी पहिलो कप्तान नेरीले लिइन् सन्यास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ६ गते मंगलबार ११:१२

’खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन,’ उनले लेखेकी छन् ।

पोखरा ।

नेपाली महिला क्रिकेट टीमकी पुर्वकप्तान नेरी थापा मगरले क्रिकेटबाट सन्यास लिएकी छन् ।

उनले सोमबार सामाजिक संजालमार्फत राष्ट्रिय÷अन्तर्राष्ट्रिय दुबैबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।

नेरी थापाको कप्तानीमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

सन् २००७ को एसीसी महिला च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिईन् ।

‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन,’ उनले लेखेकी छन् ।

नेरीको कप्तानीमा नेपाली यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

नेरी थापा नेपाली महिला घरेलु क्रिकेट इतिहासकै पहिलो शतक बनाउने पहिलो खेलाडी हुन् ।

२०७० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालगंजको ( तत्कालिन क्षेत्र नम्बर ५ ) लागि खेल्दै काठमाडौँ बिरुद्ध १२१ रन बनाउदै किर्तिमान कायम गरेकी थिइन् ।

प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार ११:१२
हजुरको प्रतिक्रिया