२०८३ असोज २५ गते आइतबार

तीब्र गतिका कारण भएको थियो बागलुङमा बस दुर्घटना

तीब्र गतिका कारण भएको थियो बागलुङमा बस दुर्घटना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ६ गते मंगलबार ०३:२२

पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बस सोमबार बेलुका बागलुङ निसीखोला—६ जाउलेपानीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।

पोखरा
गत राति बागलुङको निसीखोलामा भएको बस दुर्घटनाको कारण तीब्र गति भएको पाइएको छ । तीब्र गतिका कारण घुम्तिमा मोडिन नसक्दा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

तीब्र गतिका कारण बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । उनले घुम्तिमा मोडिन नसकेको बस दुर्घटना भएको बताए ।

‘तीब्र गतिले गर्दा दुर्घटना भएको थियो घुम्तिमा मोडिने क्रममा आधा भाग मोडियो र बाँकी भाग मोडिन नपाउँदै बस दुर्घटनामा प¥यो । उपचाररत बिरामीहरुसँग पनि कुरा गर्दा बस तीब्र गतिमै रहेको देखिन्छ,’ उनले भने ।

पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१—००६ ख ३८७९ नम्बरको बस सोमबार बेलुका बागलुङ निसीखोला—६ जाउलेपानीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । ३५ जना सवार बसमा २६ जना घाइते हुन पुगेका थिए । बस सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

 

प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार ०३:२२
हजुरको प्रतिक्रिया