२०८३ साउन २१ गते बिहीबार

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल भएको छः प्रधानमन्त्री प्रचण्ड

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल भएको छः प्रधानमन्त्री प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ६ गते मंगलबार ०४:०४

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताएका हुन् ।

उनले यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिने उल्लेख गरे । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको जानकारी दिए ।

उनले भने, ‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई कार्य भइरहेको छ । समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्चालन तथा अन्तर्राष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कूटनीतिक पहल गरिएको छ । यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिनेछ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा छ ।’

प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई काम भइरहेको बताए । समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्चालन तथा अन्तर्राष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार ०४:०४
हजुरको प्रतिक्रिया