२०८३ असोज २५ गते आइतबार

एमाले कास्कीको अधिवेशन भोलिदेखि

एमाले कास्कीको अधिवेशन भोलिदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ९ गते शुक्रबार ०१:३०

उनका अनुसार १२२ सदस्यीय नयाँ कार्यसमिति अधिवेशनबाट चयन हुनेछ ।

पोखरा

प्रतिनिधि छनोटमा भएको विवादलाई सुल्झाउदै नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन तोकिएकै मितिमा हुने भएको छ ।

जिल्ला अधिवेशन चैत १० र ११ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।

जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रतिनिधि छनोटको सर्कुलर फरक पठाएपछि विवाद सिर्जना भएको थियो । प्रतिनिधि छनोट पनि रोकिन पुग्यो । भूगोलबाट आउने प्रतिनिधि छनोट प्रक्रियामा भएको विवादलाई केन्द्रले मिलाउन निर्देशन दियो ।

विवाद सामसुम पार्दै तोकिएकै मितिमा हुन लागेको एमाले कास्कीको अधिवेशन शनिबार पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

अधिवेशनमा अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक प्रतिवेदन, सचिव बैनबहादुर अधिकारीले संगठनात्मक प्रतिवेदन र कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । बन्दशत्रको छलफलले प्रस्तुत प्रतिवेदन पारित गर्नेछ ।

कास्कीका ७२ वडा, जनसंगठन, सल्लहाकार परिषद्, इलाका कमिटी शाखा लगायतबाट ९३५ जना प्रतिनिधि सहभागी हुने अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार १२२ सदस्यीय नयाँ कार्यसमिति अधिवेशनबाट चयन हुनेछ ।

१२ जना कार्यसमितिले पछि मनोनित गर्नेछ भने अन्य पार्टीबाट आएका १२ जनालाई थप्दै जिल्ला कमिटीलाई पूर्णता दिइनेछ ।

नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने अध्यक्ष गुरुङको दाबी छ । दाबेदारी प्रस्तुत गरेपछि व्यापक छलफल गरेर सर्वसम्मतीको प्रयास गरिने उनको भनाइ छ ।

‘लोकतान्त्रिक व्यवस्थामा एउटा पदमा ३÷४ जनाले आकंक्षा राख्न सकिन्छ । यो लोकतान्त्रिक विधि पनि हो’, उनले भने, ‘अधिवेशन जनवाद पनि हो । त्यसो हुनाले विचार राख्न पाइन्छ । उम्मेदवार बन्न पनि पाइन्छ । विचारको बहस र छलफल गरेर अन्त्यमा एकता प्रस्तुत गरेर सर्वसम्मत नेतृत्व चयनको काम गर्छौं ।’ उम्मेदवारी प्रस्तुत गर्न कसैलाई निषेध गनर्ने उनले बताए ।

नेकपा एमालेकी स्थायी कमिटी सदस्य एवम कास्की इञ्चार्ज थममाया थापाले एमालेमा विचार प्रस्तुत गरेर बहस गर्नु सकरात्मक भएको बताइन् । ‘छलफल बहस हुनु स्वभाविक कुरा हो । वैचारिक, राजनीतिक, सांगठनिक हरेक विषयमा छलफल हुन्छन्’, उनले सुनाइन् ।

प्रकाशित मिति २०८० चैत ९ गते शुक्रबार ०१:३०

हजुरको प्रतिक्रिया