२०८३ असोज २५ गते आइतबार

हाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा

हाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ९ गते शुक्रबार ०१:५९

बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीले जनाएको छ

कमजोर स्वास्थ्यका कारण उनलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्।सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको

बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीले जनाएको छ ।

प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा म्याद थप गर्न हाजिर गएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो ।

सरकारी वकिलमार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेपनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।

अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमतिसम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार, कमजोर स्वास्थ्यका कारण उनलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ भएको थियो ।

महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो ।

प्रकाशित मिति २०८० चैत ९ गते शुक्रबार ०१:५९
हजुरको प्रतिक्रिया