२०८३ असोज २५ गते आइतबार

गण्डकीका मुख्यमन्त्री पाण्डेले बुधबार राजीनामा दिने

गण्डकीका मुख्यमन्त्री पाण्डेले बुधबार राजीनामा दिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २० गते मंगलबार ०६:५७

कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेकाअनुसार पाण्डेले बुधबार राजीनामा बुझाउने छन् ।

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेकाअनुसार पाण्डेले बुधबार राजीनामा बुझाउने छन् ।

‘मुख्यमन्त्रीज्यूले भोलि राजीनामा दिनुहुन्छ । उहाँले राजीनामा दिएपछि कांग्रेस सरकार बनाउन लाग्दैन भन्ने कुरा होइन । सरकार बनाउन कोसिस गर्ने कुरा स्वाभाविक हो,’ न्यौपानेले भने ।

विश्वासको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मंगलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गरेका थिए । छलफलपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिन तयार भएका हुन् ।

प्रकाशित मिति २०८० चैत २० गते मंगलबार ०६:५७
हजुरको प्रतिक्रिया