२०८३ असोज २५ गते आइतबार

इलाममा नेकपा एकीकृत समाजवादीले जित्छः झलनाथ खनाल

इलाममा नेकपा एकीकृत समाजवादीले जित्छः झलनाथ खनाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २४ गते शनिबार ०४:३९

खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।

काठमाडौं
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । शनिवार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

खनालले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने सुनाए । अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्नसमेत उनले आह्वान गरे ।

‘नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ । इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन्,’ उनले भने ।

नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको र पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पुर्‍याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर गर्नुभयो । अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति २०८० चैत २४ गते शनिबार ०४:३९
हजुरको प्रतिक्रिया