२०८३ साउन २१ गते बिहीबार

भागबन्डा मिलाउन खगराजले बढाए मन्त्रालय

भागबन्डा मिलाउन खगराजले बढाए मन्त्रालय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २९ गते बिहीबार ०२:३८

मंगलबार बसेको बैठकले मन्त्रालय बढाएर ९ वटा पु¥याउने निर्णय गरेको हो ।

पोखरा
गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालय बढाउने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले मन्त्रालय बढाएर ९ वटा पु¥याउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले २ वटा मन्त्रालय थप्ने निर्णय भएको जानकारी दिए । गण्डकीमा यसअघि ७ मन्त्रालय थियो । मन्त्रिपरिषद्को बैठकले मन्त्रालय टुक्राएर स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको हो ।

यसअघि खगराज अधिकारीको पहिलो कार्यकालमा १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाइएको थियो । अहिले सरकारलाई बहुमत पुग्न कठिन देखिएपछि मुख्यमन्त्री अधिकारीले २ मन्त्रालय बढाउने निर्णय लिएका हुन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको आन्तरिक मामिला मन्त्राल बेग्लै बनाउने निर्णय भएको चुमानले सुनाए ।

सर्वाेच्च अदालतले बुधबार खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालिन असर पर्ने निर्णय नगर्न आदेश दिएको थियो । गण्डकीमा सभामुखलाई समेत प्रयोग गरेर एमालेका २२, माओवादीका ८ र दीपक मनाङेसहित दाबी पेश गरेका थिए ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । हालै एमाले लमजुङको अध्यक्षमा हार व्यहोरेका खगराज गुटका कृष्ण अधिकारीलाई न्यायाधिवक्ता बनाउने निर्णय भएको हो ।

प्रकाशित मिति २०८० चैत २९ गते बिहीबार ०२:३८
हजुरको प्रतिक्रिया