२०८३ असोज २५ गते आइतबार

पोखराको लेकसाइडमा स्टार्स समर क्याम्प

पोखराको लेकसाइडमा स्टार्स समर क्याम्प

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ३० गते शुक्रबार ०३:५१

परीक्षापश्चात् फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा योगा, नाटक, पब्लिक स्पिकिङ, फेस पेन्टिङ, गायन, नृत्य, सँगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ, चित्रकला जस्ता ४५ भन्दा बढी गतिविधिहरू भएको कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् ।

पोखरा ।
तेस्रो संस्करणको स्टार्स समर क्याम्प समापन भएको छ । स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा गत चैत १९ गते सुरु भएको कार्यक्रममा देश तथा विदेशका करिव ३५ भन्दा बढी बालबालिका सहभागी भएको आयोजकले जनाएको छ ।

परीक्षापश्चात् फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा योगा, नाटक, पब्लिक स्पिकिङ, फेस पेन्टिङ, गायन, नृत्य, सँगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ, चित्रकला जस्ता ४५ भन्दा बढी गतिविधिहरू भएको कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् । कार्यक्रममा सहभागी बालबालिकाहरूले व्यक्तित्व विकास, सिर्जनात्मक सिकाई, मानसिक स्वास्थ्य, सामाजिक पाटोबारे बुझाउन पाएको गुरुङले सुनाइन् ।


लेकसाइडमा आयोजना भएको कार्यक्रममा चर्चित समर क्याम्प मेन्टर एलिजावेथ रोब थिइन् । एलिजावेथले यस्ता कार्यक्रम नेपालमा भएको थाहा पाउदा आफू ज्यादै खुसी लागेको र बालबालिकालाई फाइदाजनक भएको बताइन् । १० दिने कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिए वापत सुहना गुरुङलाई स्टार्स समर क्याम्प च्याम्प घोषणा गरिएको छ । आयोजकले आवास, यातायात, खानाखाजा, स्वास्थ्यकर्मी तथा अवधिभर चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था मिलाएको थियो ।

कोभिडले आक्रान्त पारेको बेला समर क्याम्पको खाका कोरेको संयोजक गुरुङले बताइन् । उनले निकै प्रभावकारी भएको हुनाले वार्षिक रूपमा गर्दै आइरहेको यस कार्यक्रमलाई वर्षमा दुईपटक गर्ने उल्लेख गरिन् ।

‘कोभिडले घरमा थुनिँदा बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा निकै असर गरेको देखेँ। यो कार्यक्रम आयोजना गर्न पाए निकै राम्रो हुन्छ जस्तो लाग्यो,’ उनले भनिन्, ‘त्यति मात्र हैन अहिलेको बालबालिका कोठामा एक्लै घन्टौँसम्म मोबाइल चलाएर बस्छन् । उनीहरूलाई ग्याजेट एडिक्सनबाट छुटाउनु पनि कार्यक्रमको उदेश्य थियो ।’

प्रकाशित मिति २०८० चैत ३० गते शुक्रबार ०३:५१
हजुरको प्रतिक्रिया