२०८३ असोज २५ गते आइतबार

कांग्रेसको बहिष्कारकाबीच गण्डकीमा संसद चल्ने

कांग्रेसको बहिष्कारकाबीच गण्डकीमा संसद चल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ७ गते शुक्रबार ०३:५६

प्रदेश सभा सचिवालयले छैठौं अधिवेशनको पहिलो बैठकको कार्यसूची समेत टाँस गरेको छ ।

पोखरा

नेपाली कांग्रेस सहभागी नभएपनि गण्डकीको प्रदेश सभा बैठक बस्ने भएको छ ।

केही बेर पहिले बसेको कार्यव्यवस्था समितिको बैठकले कांग्रेसले बहिष्कार गरेपनि प्रदेश सभा बैठक बस्ने निर्णय गरेको हो ।

प्रदेश सभा सचिवालयले छैठौं अधिवेशनको पहिलो बैठकको कार्यसूची समेत टाँस गरेको छ ।

प्रदेश सभाका सचिव हरिराज पोखरेलका अनुसार बैठकको प्रारम्भसँगै सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

त्यसपछि गण्डकी प्रदेश सरकार प्रवक्तासमेत रहेका विनाबिभागीय मन्त्री हरिबहादुर चुमानले ‘जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आज नै बसेको नेपाली कांग्रेस गण्डकी संसदीय दलको बैैठकले सर्वोच्च अदालतको फैसला नहुन्जेलसम्म प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय गरेकोे छ ।

सभामुख कृष्णप्रसाद धिताललाई बैठक सञ्चालन नगर्न माग राख्दै कांग्रेसले ज्ञापनपत्र बुझाएको थियो ।

प्रकाशित मिति २०८१ वैशाख ७ गते शुक्रबार ०३:५६

हजुरको प्रतिक्रिया