२०८३ असोज २५ गते आइतबार

गण्डकीमा राप्रपा तटस्थ

गण्डकीमा राप्रपा तटस्थ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २३ गते आइतबार ०४:३९

मुले रास्वपा पनि वर्तमान गठबन्धनमा रहेकाले विश्वासको मत दिन नसक्ने बताए ।

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ ।

प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले विश्वासको मत दिन नसक्ने बताए । गण्डकीमा राप्रपाका २ सांसद छन् ।

यसअघि नै राप्रपाले पक्ष विपक्षमा मत नदिएर तटस्थ बस्ने बताइरहेको थियो । सत्ता गठबन्धनले फकाइरहेकाले राप्रपाले के गर्छ भन्नेमा धेरैलाई चासो थियो ।

तमुले रास्वपा पनि वर्तमान गठबन्धनमा रहेकाले विश्वासको मत दिन नसक्ने बताए । सडक र सदनबाट प्रश्न उठ्दा पनि आफुलाई नयाँ र शुसासनको पक्षधर भनेर वकालत गर्ने पार्टीले जनताले उठाएको प्रश्नको बारेमा छानबिन गरौं भन्दा नसुनेको उनको आरोप छ ।

राप्रपाले विश्वासको मत नदिएपछि मुख्यमन्त्री अधिकारीले बुहमत पाउने छैनन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ३१ सांसदले पक्षमा मतदान गर्नुपर्नेछ ।

नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुख) सहित, नेकपा एकीकृत समाजवादीका १ सांसदको हस्ताक्षरमा अधिकारी मुख्यमन्त्री बनेका हुन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

प्रकाशित मिति २०८१ वैशाख २३ गते आइतबार ०४:३९
हजुरको प्रतिक्रिया