२०८३ असोज २५ गते आइतबार

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा : कांग्रेस अदालत जाने

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा : कांग्रेस अदालत जाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २३ गते आइतबार ०७:५०

पाेखरा । गण्डकी प्रदेशका सभामुख कृष्णाप्रसाद धितालले ३० लाई नै बहुमत घोषणा गरेको भन्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले कानुनी प्रक्रियामा जाने घोषणा गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्तावको...

पाेखरा ।

गण्डकी प्रदेशका सभामुख कृष्णाप्रसाद धितालले ३० लाई नै बहुमत घोषणा गरेको भन्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले कानुनी प्रक्रियामा जाने घोषणा गरेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ३० सांसद भएपनि सोही संख्यालाई बहुमत घोषणा गरेको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एक विज्ञप्ति जारी गर्दै कानुनी उपचार खोज्ने जानकारी दिएका हुन् ।

कांग्रेसले सभामुखको कदमलाई असंवैधानिक भनेको छ । यसअघि ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३१ लाई बहुमत मानिदै आएको थियो । तर, वैशाख १७ गते सर्वोच्चले ५९ सदस्यी सांसदमा ३० लाई बहुमत समर्थित रहेको व्याख्या गरेको थियो ।

प्रकाशित मिति २०८१ वैशाख २३ गते आइतबार ०७:५०
हजुरको प्रतिक्रिया