२०८३ असोज २५ गते आइतबार

पाेखरा लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

पाेखरा लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २ गते बुधबार ०७:३७

पोखरा प्रहरीले पोखरा लेकसाइडमा रहेका स्पा (मसाज) सेन्टरबाट ६ बालिकाको उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा र शक्ति समूह नेपालबाट खटिएको संयुक्त अनुगमन टोलीले लेकसाइडका विभिन्न...

पोखरा
प्रहरीले पोखरा लेकसाइडमा रहेका स्पा (मसाज) सेन्टरबाट ६ बालिकाको उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा र शक्ति समूह नेपालबाट खटिएको संयुक्त अनुगमन टोलीले लेकसाइडका विभिन्न ५ मसाज सेन्टरबाट बुधबार उनीहरुलाई उद्धार गरेको हो ।

मसाज सेन्टरमा बालिकालाई यौनजन्य कार्यमा लगाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा अनुगमन गर्दा १८ वर्षभन्दा मुनिका ६ बालिकालाई काममा लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

बालिकाको उद्धार गरी थप अनुसन्धान कार्य भइरहेको डिएसपी शर्माले बताए ।

प्रकाशित मिति २०८१ जेठ २ गते बुधबार ०७:३७
हजुरको प्रतिक्रिया