२०८३ असोज २५ गते आइतबार

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतविरुद्ध मुद्दा हेर्दाहेर्दैमा

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतविरुद्ध मुद्दा हेर्दाहेर्दैमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ८ गते मंगलबार ०७:३९

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतविरुद्ध मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

पाेखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतविरुद्ध मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार बहस नसकिएपछि सर्वोच्च अदालतका न्यायाधिश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । मंगलबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, शेरबहादुर केसी, विजय मिश्र, यदुनाथ खनाल लगायतले बहस गरेका थिए । सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल नै बहस गरेको थिए । बाँकी बहस बुधबार हुनेछ ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले वैशाख २५ गते सर्वोच्चमा रिट दिएको थियो ।

यसअघि सर्वाेच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले वैशाख २८ गते मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिन असर पर्ने निर्णय आदेश दिएको थियो ।

गत वैशाख २४ गते मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा ३० सांसदले समर्थन जनाएका थिए । जसलाई सभामुख धितालले बहुमत भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति २०८१ जेठ ८ गते मंगलबार ०७:३९
हजुरको प्रतिक्रिया