२०८३ असोज २५ गते आइतबार

पोखराका पत्रकारको आफ्नै पुस्तकालय

पोखराका पत्रकारको आफ्नै पुस्तकालय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ११ गते शुक्रबार ०८:३४

नेपाल पत्रकार महासंघ कास्कीले आफ्नै पुस्तकालय (ई—लाइब्रेरी) स्थापना गरेको छ । पुस्तकालय र स्रोत केन्द्रको शुक्रबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका हुन् ।

पोखरा
नेपाल पत्रकार महासंघ कास्कीले आफ्नै पुस्तकालय (ई—लाइब्रेरी) स्थापना गरेको छ । पुस्तकालय र स्रोत केन्द्रको शुक्रबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका हुन् ।

डा. यादवले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इट्टा थप्ने काम गरेको बताए । पत्रकारको पठन संस्कृतिको विकासमा पुस्तकालय र स्रोत केन्द्रले महत्वपूणर् भूमिका खेल्ने उनको भनाइ छ । ॅपुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय र स्रोत केन्द्र प्रशंसा गर्न लायक बनेको छ । अब यसको सहि सदुपयोगको कामना गर्दछु,’ उनले भने ।

गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले पुस्तकालयले अध्ययन शैलीमा परिवर्तन ल्याउने बताए । प्रेस स्वतन्त्रतालाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न उनको सुझाव छ । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले केन्द्रले गर्न नसकेको काम गरेको कास्की शाखाले गरेकोे बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले ई—लाइब्रेरी निर्माणले कास्की र गण्डकी प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइन् । गण्डकी प्रदेशको कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको ४० लाख रुपैयाँ र पोखरा महानगरपालिकाको १५ लाख रुपैयाँ आर्थिक सहयोगमा पुस्तकालय (ई—लाइब्रेरी) र स्रोत केन्द्रको स्थापना गरिएको हो ।

पुस्तकालयमा मार्टिन चौतारी, अनौपचारिक सेवा केन्द्र (ईन्सेक), प्रेस काउन्सिल नेपाल, केन्द्रीय पुस्तकालय त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) लगायतले पुस्तक सहयोग गरेका छन् । पुस्तकसँगै इन्टरनेटमा अध्ययन गर्न दुई वटा कम्पयुटरसमेत राखिएको छ ।

प्रकाशित मिति २०८१ जेठ ११ गते शुक्रबार ०८:३४
हजुरको प्रतिक्रिया