२०८३ असोज २५ गते आइतबार

पोखरामा तर्बुजा खाने प्रतिस्पर्धा !

पोखरामा तर्बुजा खाने प्रतिस्पर्धा !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ११ गते शुक्रबार ०८:५५

पोखरामा शुक्रबार अचम्मको प्रतियोगिता भयो, तर्बुजा खाने । पोखरा महानगरपालिका-१३ ढाँडबेशीको मणिदीप कृषि फार्म भएको प्रतिस्पर्धामा भीड नै लाग्यो ।

पोखरा
पोखरामा शुक्रबार अचम्मको प्रतियोगिता भयो, तर्बुजा खाने । पोखरा महानगरपालिका-१३ ढाँडबेशीको मणिदीप कृषि फार्म भएको प्रतिस्पर्धामा भीड नै लाग्यो ।

फार्ममा फलेका तर्बुजा प्रतिस्पर्धी आफैंले छानेर टिपें । आफैंले काटेर खाए । १४ जना सहभागी प्रतिस्पर्धाको विजेता तीन मिनेटमा जस्ले धेरै खान सक्यो उहीं । एक सय रुपैयाँ दर्ता शुल्क तिरेर सहभागी प्रतिस्पर्धामा समीर नेपाली विजेता बने । उनले १० केजी तर्बुजा उपहारको साथमा प्रमाणपत्र पाए । रामचन्द्र भट्ट दोस्रो, नरेश लामिछाने तेस्रो र नारायणप्रसाद बराल चौंथो भए । उनीहरुले क्रमशः ६, ४ र २ केजी तर्बुजासँगै प्रमाणपत्र हात पारेका छन् ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाले तर्बुजा खाने मात्रै होइन पोखराका किसानले फलाएकोे तुर्बजा समेत प्रदर्शन गरिएको छ । ७ कृषि फार्मले फलाएको तर्बुजा प्रदर्शनीमा राखियो । तर्बुजा खाने मात्रै पुरस्कृत भएनन् फलाउने किसानलाई पनि पुरस्कृत गरिएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । किसानले उत्पादन गरेको तर्बुजा प्रदर्शन गरेको आधारमा उत्कृष्ट छनौट गरिएको हो ।

ज्ञानबहादुर कार्की उत्कृष्ट किसान घोषित हुँदै पाँच हजार रुपैयाँ हात पारे । श्रीधर बराल र रोशन बराल दोस्रो, सोभियत अधिकारी तेस्रो र बुद्धिसागर खनालले चौंथो स्थान हासिल गरेका छन् । उनीहरुले क्रमशः ३, २ र १ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाए । पोखराका किसानले फलाएकोे तर्बुजाको बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरेको कडरिया बताउँछन् । उनका अनुुसार शुक्रबारको प्रदर्शनीबाट मात्रै दुई हजार एक सय किलो तुर्बजा बिक्री भएको छ । ६० रुपैयाँ प्रतिकेजीका दरले बिक्री भएको हो ।

पोखराका विभिन्न स्थानमा ४० रोपनी क्षेत्रफलमा तर्बुजाको व्यवसायीक खेती भइरहेको छ । महानगरले सरस्वती जातको तर्बुजा खेतीको सफल परीक्षणपछि व्यवसायीक खेती गर्न सघाएको कडरियाको भनाइ छ । उनका अनुुुसार यो वर्ष १८ हजार किलो उत्पादन भएको छ ।
‘हामीकहाँ तर्बुजा उत्पादन सम्भव रहेछ भने देखायो । यहाँको उत्पादनको स्वाद पनि लियौं । गुलियोपना बढी भेटियो’, उनले भने ।

स्थानीय हावापानिमा उत्पादन राम्रो भएकाले बजारीकरणमा महानगरपालिकाले सघाएको उनले बताए । उनले भने, ‘स्थानीय उत्पादन प्रबद्र्धन गर्नुपर्छ भनेर उत्पादनस्थलमै ल्याएर प्रदर्शनी गरेका छौं ।’ पोखरा महानगरपालिका-१३ ढाँडबेशीमा रोशन बराल र सोभियत बहादुर अधिकारीले मणिदिप फार्ममा पहिलो पटक तीन रोपनी जग्गामा तरबुजा खेती गरेका छन् । पहिलो पटक लगाएको तर्बुजाले उत्पादान राम्रो दिएपछि उनीहरु उत्साहित बनेका छन् ।

४३० बोट लगाइएकोमा चार क्विनटल भन्दा बढि उत्पादन हुने अपेक्षा छ । ‘पहिलो बर्ष सिकाइ नै भयो । उत्पादन हेर्दा राम्रै भएको छ’, रोशनले भने । स्थानीयस्तरमा उत्पादन भएको तरबुजा खेती हेर्न, स्वाद लिन र खरिद गर्ने भिड नै लाग्यो । उपभोक्ताले पनि स्थानीय उत्पादनलाई रुचाए । प्रदर्शनीमा पुगेका लालप्रसाद न्यौपानेले पोखरामा फलेको तर्बुजा निकैै स्वादिलोे लागेको बताए । ‘तर्बुजा स्वस्थकर भएकाले घर पनि लैजाउँ भनेर किनेको छु’, उनले सुनाए ।

खोला, नदीको बगरमा फल्ने तर्बुजा उत्पादनको पोखरामा देखिन्छ । तर, सिंचाइका लागि समस्या भएको किसानले सुनाए ।

प्रकाशित मिति २०८१ जेठ ११ गते शुक्रबार ०८:५५
हजुरको प्रतिक्रिया