२०८३ असोज २५ गते आइतबार

मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा

मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २२ गते मंगलबार ०५:१३

कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

मुगु ।

कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट बालबालिकासहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो ।

प्रहरी नियन्त्रणमा परेका व्यक्ति नाम्गेल छिरिङ हुन् । उनले बैद्धलगायतका उपत्यकामा रहेका गुम्बाहरुमा ति बालबालिकालाई परिवारको सहमतीमै राखेर उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने हेतु काठमाडौं लैजान लागेको दाबी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण साहीले बताए ।

डिएसपी साहीले भने, ‘बालबालिकाकालाई बैद्धलगायतका काठमाडौंका गुम्बाहरुमा राखेर पढाउने, पालनपोषण गर्ने भनेर लैजान लागेको ति व्यक्तिले देखाएको काजगमा उल्लेख छ । तर, हामीलाई शंका लागेरै नियन्त्रणमा लिएर थप अनुसन्धान र परिवारसँग सोधपुछ गरिरहेका छौं ।’

हालसम्मको अनुसन्धानको क्रममा मानव बेचविखन भन्दा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई ललाईफकाई गरी ति बालबालिकाको जिम्मेवारी लिने भन्दै काठमाडौं लैजान लागिएको खुल्न आएको साहीले जानकारी दिए । तर, शंकास्पद देखिएकाले थप अनुसन्धान गरिरहेको भनाई उनको छ ।

‘हुम्ला र मुगुका २८ जना बालिबालिकालाई परिवारका सदस्यकै सहमतीमा पठाइएको देखिएको छ । दुई वाहेक २६ वटा स्थानीय तहका वडा कार्यालयले दिएको निवेदन उक्त व्यक्तिसँग छ तर आवश्यक थप कागजपत्र नाम्गेल छिरिङसँग छैन । उनीहरुलाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यहरुले सहमतीमै पठाएको भन्दै तगातार फोन गरिरहेका छन् । तर, हामी बालबालिकाबारे थप अनुसन्धान गरिरहेका छौं’ साहीले भने ।

तर, डिएसपी साहीले ति बालबालिका मुगु र हुम्लाका भएपनि कुन स्थानीय तहका भनेर खुलाएको छैन् । प्रहरीले नियन्त्रणमा लिइएका २८ जना बालबालिकालाई सुर्खेतकै आवाज भन्ने संस्थामा राखेको जनाएको छ ।

प्रकाशित मिति २०८१ जेठ २२ गते मंगलबार ०५:१३
हजुरको प्रतिक्रिया