पोखरा
पोखरामा सगरमाथा आरोहणको इतिहासबारे जानकारी दिने फोटो र डकुमेन्ट्री प्रदर्शन गरिएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयल पोखरा र नेपाल पर्वतारोहण संघले सगरमाथा आरोहणको इतिहासबारे जानकारी दिने फोटो र डकुमेन्ट्री प्रदर्शन गरेका हुन् ।
तस्बिर र डकुमेन्ट्रीमा सर्वाेच्च शिखरमा सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला राख्नुपूर्वको इतिहास प्रस्तुत गरिको छ । पर्वतारोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ मा सगरमाथाको चुचुरो पुग्नु अगावै तिब्बतको बाटो हुँदै प्रयास भएको थियो ।
सगरमाथा आरोहण गर्न सन् १९२४ मा भएको प्रयासका ६८ तस्बिर प्रदर्शनी गरिएको छ ।
पोखरा महानगरपालिका–१७ रातोपैरामा रहेको संग्रहालयमा शनिबार सुरु फोटो प्रदर्शनीको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले सुरुवात गरे ।

मन्त्री गुरुङले सरकारको गण्डकीले आगामि आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेटमा पर्यटनलाई दोस्रो प्राथमिकतामा राख्ने बताए । नेपालको पर्यटन पर्वतारोहण कोशेढुंगा भएको उनको भनाइ थियो ।
प्रदर्शनीमा राखिएका तस्बिर अब संग्रहालय आउने आगन्तुकले हेर्न पाउनेछन् । एक वर्षको प्रयासपछि यी तस्बिर संग्रहालयमा ल्याउन सफल भएको नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत जिनेश सिन्दुराकारले बताए ।
माउन्ट एभरेस्ट फाउन्डेसनसँगको सहकार्यमा अल्पाइन क्लबले निर्माण गरेको डकुमेन्ट्री इभरेस्ट रिभिजिेट १९२४ भने शनिबार एक दिन मात्रै देखाइएको हो । एक वर्षपछि यो डकुमेन्ट्रीलाई नियमित प्रदर्शन गर्ने सिन्दुकारले बताए ।
सगरमाथा आरोहणको इतिहासबारेको फोटो संग्रहालय आउने पर्यटकका लागि महत्वपूर्ण दस्ताबेज हुने कास्कीका प्रखुम जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । पर्वतीय संग्रहालयले पोखरामा आउने पर्यटकको बसाँइ लम्बाउने उनको विश्वास छ ।
शनिबार नै इसिमोडले तयार गरेको नेपालको जैविक विविधता झल्काउने नक्सा पर्यटकका लागि देखाउन सुरु भएको छ । नक्सामा नेपालको जैविक विविधता, विश्व सम्पदा सूचीमा रहेका स्थान र लोपोन्मुख जातिको बसोबास स्थलहरु देखाइएको छ । यस्तै नेपाल पवर्तारोहण संघले गर्दै आएका गतिविधीको पनि तस्बिर प्रर्दशनीमा राखिएको छ । विश्व वातावरण दिवसको सन्दर्भमा सहभागीले संग्रहालय परिसरमा वृक्षारोपण गरेका छन् ।

वृक्षारोपण नगर्ने हो भने भविष्यमा हरेकले हात हातमा अक्सिजनको बोत्तल बोकेर हिँड्नुपर्ने गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको भनाइ थियो ।
नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय पवतीय संग्रहालयका संयोजक ठाकुरराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बेलायती दुतावासमा राजनीतिक विभाग प्रमुख म्याट वाल्टर्स, माउन्ट एभरेस्ट फाउन्डेसनका सचिव जोन पोर्टर, एनएमएका महासचिव मोहन लम्साल, प्रमुख कार्यकारी अधिकृत जिनेश सिन्दुराकार, पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने लगायतले बोलेका थिए ।
प्रकाशित मिति २०८१ जेठ २६ गते शनिबार ०८:०९




