२०८३ साउन २१ गते बिहीबार

सबै मिलेर देश समृद्ध बनाउँ, झगडा गर्ने होइन : देउवा

सबै मिलेर देश समृद्ध बनाउँ, झगडा गर्ने होइन : देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ११ गते मंगलबार ०५:१९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरि मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन् ।

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरि मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन् ।

मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाती मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ । तपाईहरुले अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ । त्यसकारण तपाईंहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठुलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस् । यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् । त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ । तपाइहरू आदिवासी, जनजाति दिदीबहिनीहरूको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरूका मागहरू पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

आदिवासी, जनजातिको हकहितको संरक्षणको लागि आफू कटिवद्ध भएर लाग्ने सभापति देउवाको भनाइ थियो ।

प्रकाशित मिति २०८१ असार ११ गते मंगलबार ०५:१९
हजुरको प्रतिक्रिया