२०८३ असोज २५ गते आइतबार

धनराजको घोषणाः मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु

धनराजको घोषणाः मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ११ गते मंगलबार ०५:३३

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताएका छन् ।

काठमाडौं
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटना कम हुने बताएका हुन् ।

भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर काँग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने उपसभापति गुरुङले जिकिर गरे । वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पती छानबिन हुनुपर्ने उनको भनाइ छ ।

‘भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर न काँग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ । सिधा कुरा भन्छु म । धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा कुनै एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदी लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु’ उनले भने ।

प्रकाशित मिति २०८१ असार ११ गते मंगलबार ०५:३३
हजुरको प्रतिक्रिया