पोखरा
एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ । युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धसतकीय पारी खेलिन् । सम्झनाले ४५ बलमा ७२ रनमा अविजित रहिन् । रुविना क्षेत्रीले १०, सीता रानामगरले ७, कप्तान इन्दु बर्माले ६ र कविता कुँवरले २ रन बनाएर आउट भए । पुजा महतो ७ रनमा अविजित रहिन् ।
यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । युएईकी खुसी शर्माले सर्वाधिक ३६, कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भएका थिए ।
प्रकाशित मिति २०८१ साउन ४ गते शुक्रबार ०५:४३