२०८३ साउन २१ गते बिहीबार

एसिया कपमा युएईमाथि नेपालको ऐतिहासिक जित

एसिया कपमा युएईमाथि नेपालको ऐतिहासिक जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ४ गते शुक्रबार ०५:४३

एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ ।

पोखरा
एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ । युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धसतकीय पारी खेलिन् । सम्झनाले ४५ बलमा ७२ रनमा अविजित रहिन् । रुविना क्षेत्रीले १०, सीता रानामगरले ७, कप्तान इन्दु बर्माले ६ र कविता कुँवरले २ रन बनाएर आउट भए । पुजा महतो ७ रनमा अविजित रहिन् ।

यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । युएईकी खुसी शर्माले सर्वाधिक ३६, कविशा इगोडेज २२, समाइरा धरनिधर्क १३, कप्तान इशा ओजा १० रनमा आउट भएका थिए ।

प्रकाशित मिति २०८१ साउन ४ गते शुक्रबार ०५:४३
हजुरको प्रतिक्रिया