२०८३ साउन २१ गते बिहीबार

दीपक मनाङेको सचिवालयले भन्योः मन्त्रीज्यु प्रेस स्वतन्त्रताको पक्षमा हुनुहुन्छ

दीपक मनाङेको सचिवालयले भन्योः मन्त्रीज्यु प्रेस स्वतन्त्रताको पक्षमा हुनुहुन्छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १५ गते मंगलबार ०७:३५

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को सचिवालयले मनाङेले दिएको अभिव्यक्ति नियतवस नभएको बताएको छ ।

पोखरा
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को सचिवालयले मनाङेले दिएको अभिव्यक्ति नियतवस नभएको बताएको छ ।

मंगलबार मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै मनाङेले नियतवस र प्रतिशोधका कारण कसैलाई धम्की नदिएको उल्लेख गरेका छन् ।

‘मन्त्रीज्यूले नियतवस वा प्रतिशोधका कारण कहिं, कतै, कसैलाई पनि धम्की दिनुभएको छैन, उहांको त्यस किसिमको आशय पनि होईन । माननीय मन्त्रीज्युको अभिव्यक्तिबाट पत्रकार र संचार जगतमा चोट पुग्न गएको भए नियतवस भएको घटनाको रुपमा नलिइदिन अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

गण्डकी प्रदेशमा यातायात क्षेत्रको बिकास विस्तार र नागरिक मैत्री सहज यातायात सेवा प्रदान गर्ने सवालमा मनाङे दृढ रहेको स्वकीय सचिव अधिकारीले बताए । मन्त्रीज्यू पत्रकारिताको संवर्धन र प्रेस स्वतन्त्रताको पक्षमा सधै प्रतिवद्द रहेको कुरा पनि जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राइड सेयरिङलाई बन्द गर्नुपर्ने मागसहित यातायात व्यवसायीले आइतबार सार्वजनिक सवारी बन्द गरेका थिए । सो विषयको रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई यातायात मजदुरले कुटपिट गरेपछि मन्त्रीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई मनाङेले दुई जनालाई नभई पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति २०८१ साउन १५ गते मंगलबार ०७:३५
हजुरको प्रतिक्रिया