२०८३ असोज २५ गते आइतबार

इन्जिनियर्स एसोसिएसनमा एमाले, माओवादी र समाजवादीको प्यानल

इन्जिनियर्स एसोसिएसनमा एमाले, माओवादी र समाजवादीको प्यानल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १९ गते शनिबार ०८:१५

केन्द्रिय सदस्यमा राम चन्द्र पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।

पोखरा

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियरले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।

शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल राष्ट्रिय इन्जिनियर संगठन र समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपालको तर्फबाट केन्द्रिय सदस्यमा राम चन्द्र पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।

सभापतिमा महेन्द्रबहादुर गोदार, उपसभापतिमा कृष्ण रिजाल, सचिवमा आनन्द भट्टराई, सहसचिवमा अस्मिता खनाल र कोषाध्यक्षमा सोभित श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।

सदस्यमा मनोजकुमार सिंह, पदमलाल अधिकारी, सुवास शर्मा, सन्जय सुवेदी, कालीदास सापकोटा, प्रदिप अर्याल, विवेक भट्टराई, ईश्वर भण्डारी, सन्जय लामिछाने र सुदर्शन ढकालको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति २०८१ साउन १९ गते शनिबार ०८:१५
हजुरको प्रतिक्रिया